मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“हेलीकप्टरबाटै बाढीग्र’स्त क्षेत्रको’अवलोकन गरेका’ ओलीले पिडितलाइ’ नभेटेको गु’नासो,रमिता हेर्न आएको’ पीडितकोआ’रोप”

1 min read

काठमाडौ । बाढी ग्र,स्त क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री केपी ओलीले पीडित,हरुलाई नभेटेको भन्दै आलोचना भएको छ । बाढी आएको २६ दिनपछि प्रधानमन्त्री ओली शनिवार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु पुगेका थिए । ”

“हेलम्बुमा केही बाढी प्रभावित स्थानियसँग भेटघाट गरेपनि प्रधानमन्त्री ओलीले मेलम्चीमा भने कुनै पनि पीडितसँग भेट नगरेको भन्दै आलोचना भएको हो । बाढीग्र,स्त मेलम्ची बजार अहिले स्थानिय बाढीप्रभावितहरुले नै सफा गरिरहेका छन् । तर प्रधानमन्त्रीले गाडी र हेलीकप्टरबाटै बजार अवलोकन गरेपछि आफुहरुमा सरकारले केही गरिदेला भन्ने आश म रे को स्थानियको भनाइ छ ।”

“बाढीपीडितका लागि तत्कालै राहत प्याकेज घोषणा गर्नुपर्नेमा बाढीले बगाएको करिब एक महिनापछि पुगेका प्रधानमन्त्रीले पीडित नै नभेटी फर्किएको गुनासो स्थानीयले गरेका छन् ।”

यो पनि :-“निगम,लाई निजी क्षेत्रको जिम्मा, लगाउन खोज्नु नि,न्दनीय र घृ,णित: भट्टराई

“काठमाडौ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गरिन लागिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । आइतबार ४ बुँदे अपील जारी गर्दै डा भट्टराईले शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउन खोज्नु अत्यन्त निन्दनीय र घृणित भएको उल्लेख गरेका हुन् ।”

“पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने तयारी गरिएको भन्दै उनले सरकारले नजिकका दलाल पुँजीपतिहरुलाई नै निगम दिन खोजेको आशंका पनि व्यक्त गरेका छन् । अपिलमा भट्टराइले सरकार आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याउने काम गरेको आ,रोप लगाएका छन् ।”

“त्यस्तै संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्ति निजीकरणको नाममा कौडीको मूल्यमा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने षड्यन्त्र भैरहेको भन्दै भट्टराइको अपिलमा त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य नुहुने उल्लेख छ । उनले निगमलाई निजीकरण गर्न खोजिनुको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेको उल्लेख गर्दै ‘के ओली सरकारसँग त्यसको जवाफ छ ? भन्दै प्रश्न गरेका छन ।”

“उनले सरकारी स्वामित्वको यति ठूलो संस्थानलाई गरिने निजीकरणले दूरगामी प्रभाव पार्ने हुँदा यो अधिकार कामचलाउ सरकारसँग नभएको पनि बताएका छन् । उनले कर्मचारीहरुको न्यायपूर्ण मागलाई स्वीकार गरी उनिहरुमाथिको दमन बन्द गर्न, निजीकरणको गलत प्रक्रियाबाट सरकार तुरुन्त पछि हट्न र यस गलत कार्यमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन अपिल गरेका छन्”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?