मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“भ्रममा ,नपरौं, स्वागत गर्न हतार नगरौँ- रामकुमारी झाँक्री”

1 min read

“नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताएकी छन्।”

“चौध घन्टाको म्याराथन बैठकपछि आइतबार राति एमाले कार्यदलले दसबुँदे सहमतिपत्र सार्वजनिक गरेको थियो। उक्त सहमति पछि सोमबार बिहान सामाजिक सञ्जालमार्फत झाक्रीले ४ बुँदे धारणा राख्दै स्वागत गर्न हतारिनु आवश्यक नरहेको बताएकी छन्।”

“उनले अदालतमा निवेदकको रूपमा रहेका आफूहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी छन्।”

‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन’, उनले भनेकी छन्।”

“हेर्नुहोस् उनका चार बुँदा
१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे सम्झौताताबारे संस्थागत धारणा आउने छ।
२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुँदैन। बैठक जाने कुरा हुन्न।”

३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४) भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं। निरास पनि नबनौं। राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।”

“यसअघि एमाले कार्यदलले आइतबार राति दसबुँदे सहमतिपत्र सार्वजनिक गरे पनि वरिष्ठ नेता माधव नेपालले त्यसमा शंका व्यक्त गरेका थिए।”उनले ‘रातारात गरेको सहमतिले शंका उत्पन्न गरेको’ आफूनिकट नेतालाई बताएका छन्।”

‘यति रातारात सहमति गरेको कुराले नै शंका उत्पन्न गरेको छ,’ सहमतिपत्र सार्वजनिक भएपछि नेपालसँग कुरा गरेका ती नेताले उनलाई उद्धृत गर्दै भने, ‘यति रातारात गर्नुपर्ने जरूरी थिएन। प्लेन छुट्नेवाला थिएन।’

“नेता नेपालले ‘प्याकेजमा सबै कुरा क्लियर नभएसम्म आफू कुनै पनि बैठकमा नजाने र सहमतिमा नआउने’ पनि बताएको ती नेताले जानकारी दिए।”

‘कार्यदलले गरेको सहमतिको विषय मैले हेर्न पाएको छैन। अध्ययन गर्न पाएको छैन। जबसम्म सबै कुरा क्लियर हुँदैन, तबसम्म म कुनै पनि बैठकमा जान्न,’ नेता नेपाललाई उद्धृत गर्दै ती नेताले भने, ‘अदालतको सम्बन्धमा कुनै प्रभाव पार्ने र ढाँचा परिवर्तन गर्ने खालको कुरा मलाई मञ्जुर छैन।’

“कार्यदलले गरेको दसबुँदे सहमतिबारे आफूनिकट नेता-कार्यकर्ताहरूसँग छलफलपछि मात्र अगाडिको कदम तय हुने नेता नेपालले बताएका छन्।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?