मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“के लोकतन्त्रको, च’रम  दुरुपयोग हुन थालेकै होत?

1 min read

“कंचनपुर : हाम्रो नेपाल् हामी नेपाली अभियानका जुझारु अभियानता प्रदेश न ७ का संयोजक  हिरा बोहरा ले लोकतन्त्रको चरम दुरुपयोग भएको, हुने खाने लाई मात्रै  लोकतन्त्र आएको।  र गरिब जनता हरु आधारभुत आवश्यकताहरु बाट नै बन्चित भएकाले  यो कस्तो खालको लोकतन्त्र हो? भन्दै प्रश्न गरेका हुन,  उन ले भनेका छन-

-लोकतान्त्रिक व्यवस्थापनमा नेता बि’मारी हुँदा राज्य कोषबाट सेवा सुबिधा लिने गर्छ्न,तर गरिब जनताहरुलाई उप’चार गर्न पैसा नभएर मर्नुपर्ने अवस्था आउँछ।यो कस्तो लोकतन्त्र हो।”

-पैसा हुनेहरुकालागि महँगो शुल्क तिरेर राम्रो गुणस्तरीय शिक्षा पढ्न पाईने तर गरिबहरुको लागि राम्रो शिक्षा पढ्न पैसाको अभावको कारण शिक्षाबाट बन्चित हुनुपर्ने कस्तो लोकतन्त्र हो।”

– उन्नत सिकिमको बिशिस्ट किसिम लोकतन्त्र लिएका छौ,भनेर पालैपालो जनतालाई झुक्याएर प्रधानमन्त्री मन्त्री भएर राज्य ढुकुटीमा रजाई गर्नेहरु जुन देशमा रोजगारीको लागि लाखौं युवाहरु बिदेश पलायन हुन्छ,यो कस्तो लोकतन्त्र हो।”

-जुन देशमा कानुन भन्दा नेताहरु माथी हुन्छ्न, पावर र पहुँचको आधारमा कानुनको दु’रुपयोग गर्दै संबिधानलाई पनि कुल्चेने प्रयास गर्दै हिड्छन।यो कस्तो लोकतन्त्र हो।

-एउटा निर्दोस  गरिब जनताको लागि न्याय पाउन कठिन भएको छ, न्याय पाउन न्याय किन्नु पर्ने अवस्था छ,यो कस्तो कानुन हो।
-राजनीतिको नाममा राजनीतिलाई व्यापारीकरण गर्दै राजीनीति भित्र द’लाली र गु’ण्डाराज स्थापित भएको छ,त्यो कस्तो लोकतन्त्र हो।

-आफू अनुकुल संबिधान र कानुनको ब्याख्या गर्दै जतिबेला पनि जुनसुकै निर्णय गर्छ्न,यो कस्तो लोकतन्त्र हो।
– संबैधानिक आयोग देखि लिएर न्याय परिषदमा नियुक्ति गरिने पदहरु राजनैतिक दलको भागबन्डामा नियुक्ति गरिन्छ्न,यो कस्तो लोकतन्त्र हो।

-जनताको जनादेश निर्वाचनबाट जनताले हराई सकेका ब्यक्तिहरुलाई चो’रबाटोबाट शक्ति,पावर र पहुँचको आधारमा सांसद हुन्छ्न।यो कस्तो लोकतन्त्र हो।
– ब्यक्तिका महत्वाकांक्षा सम्बोधन गर्न संबिधानलाई संशोधन गर्न थालेका छ्न,यो कस्तो लोकतन्त्र हो।

– गणतन्त्रमा राजा भन्ने शब्द फेरिनुले मात्रै परिवर्तन सम्झ्नु भ्रम मात्रै हो,तर यो गणतन्त्रलाई ,छोटेराजा जन्माउने व्यवस्थाको रूपमा नेपालमा बुझिन थालेको छ।लोकतन्त्रको चरम दुरुपयोग गरिएकोछ।अब जनताले बुझ्नेपर्ने बेला आएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?