मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ओलीलाई सबैभन्दा, ठूलो झट्का, सर्वोच्चले उल्ट्याइदियो निर्णय”

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री ओलीका लागि यो सबैभन्दा ठूलो झट्का हो । सर्वोच्च अदालतले एक पटक पुनस्थापना गरेको संसद ओलीले दोस्रो पटक विघटन गरेका थिए ।”

“प्रधानमन्त्रीको सिफारीसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्चले दोस्रो पटक बदर गरिदिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मु द्दाको सुनुवाइका लागि गठित पाँच सदस्यीय संवैधानिक इजलासले राष्ट्रपतिको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभा पुन स्थापना गरेको हो ।”

“प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।”

“यो निर्णयसंगै नेकपा एमालेको माधव नेपाल पक्ष र विपक्षी दलमा खुसी छाएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?