मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सर्वोच्च अदालत,को फैसला, पछि राष्ट्रपति पनि अप्ठेरोमा !

काठमाडौ । सर्वोच्च ,अदालतको फैसलासंगै अब राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध पनि खतराको घण्टी वजेको छ । सोमवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति भण्डारीले गरेको संसद विघटनको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनस्थापना, गरेको हो ।

सर्वोच्च अदालत,ले प्रतिनिधि सभा पुनस्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुनस्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए।

“प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।”

“सर्वोच्च अदालतको यो फैसलासंगै राष्ट्रपति भण्डारी पनि अब अप्ठेरोमा पर्ने संकेत देखिएको छ । यस अघि नै नेपाली कांग्रेसका केही नेता र विवेकशिल पार्टीले राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने माग उठाउँदै आएका छन् ।”

“प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले साथ दिदै आएको भन्दै विवेकशिलले संसद पुनस्थापना पछि महाअभियोग लगाउनुपर्ने माग सार्वजनिक रुपमा राखेको छ । नेपाली कांग्रेसका केही नेताहरुले पनि यो कुरा सार्वजनिक रुपमा अभिब्यक्त गरेका छन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?