मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सर्वोच्च अदालतले,संसद पुनस्स्थापना,को फैसला सुनाएपछि, महेश बस्नेतले,गरे यस्तो आवहान”

“काठमाडौ । सर्वोच्च अदालतले संसद पुनस्थापना र शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेश विरुद्ध युवासंघले आन्दोलन गर्ने भएको छ । एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय नमानिने भन्दै आन्दोलन सुरु भइसकेको बताएका छन् ।”

“सर्वोच्च अदालतले सोमवार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिन भित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न फैसला सहितको आदेश दिएको छ । यस्तो आदेश आएपछि प्रारम्भिक प्रतिकृया दिँदै महेश बस्नेतले आन्दोलनमा जाने बताएका हुन् । उनले अदालतको विरूद्धमा आन्दोलन गर्नुपर्ने २०५२ सालको अवस्थामा फर्किनु परेको उनले बताए।”

‘प्रधानमन्त्री नियुक्त गर्ने कुरा अदालतको नभएर राष्ट्रपतिको भएकाले अदालतले हस्तक्षेप गर्न नमिल्ने उनको तर्क थियो । अदालत राजनीतिसँग द्वन्द्वमा आएको बताउँदै बस्नेतले उक्त निर्णयविरूद्ध युवा संघले आन्दोलन सुरू भइसकेको बताए।”

“नेता बस्नेतले यस्तो प्रतिकृया दिइरहँदा युवा संघले विरोध सुरू गरिसकेको छ । सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन शुरू भएको छ ।”

“सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो । युवा नेता महेश बस्नेतले फेसबुकमार्फत पनि माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए ।”

“युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?