मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“विपक्षी गठबन्धनको, बैठक सम्पन्न, भोलि नै सानो आकारको, मन्त्रिमण्डल बनाईने”

“काठमाडौं, २८ असार । विपक्षी गठबन्धनको बैठक सम्पन्न भएको छ । कोटेश्वरस्थित् माधव कुमार नेपालको निवासमा बसेको बैठकले अदालतको फैसलाको स्वागत गरेको छ ।”

“र, अदालतको आदेश अनुसार भोलि नै शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सबैलाई समेटेर सरकार बनाउनेबारे छलफल भएको जनाए ।”

“बैठकमा माधव नेपालले आफ्नो पार्टीको परिवर्तित राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । र, यो परिवर्तित अवस्थालाई बुझिदिन नेता नेपालले आग्रह गरेको रघुजी पन्तले जानकारी दिए ।”

“र, अब बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सबैलाई समेटेर अघि बढ्न पनि नेता नेपालले आग्रह गरेको उनले सुनाए । नेता नेपालले आफूले लोकतन्त्र, संविधान, गणतन्त्र, संघीयताको पक्षमा दृढ भएर उभिने प्रतिबद्धता जनाएका थिए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?