मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“माधव नेपाल पक्ष आजबाट, विपक्षी गठबन्धनमा, नरहने, देउवालाई विश्वास,को मत दिनेबारे अन्यौल”

1 min read

“काठमाडौं, २८ असार । नेकपा (एमाले) को माधव कुमार नेपाल समूह आजबाट विपक्षी गठबन्धनबाट बाहिरिएको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पूनःस्थापना गर्ने फैसला गरेपछि आज माधव नेपालको निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेपाल समूहले आजबाट गठबन्धनमा नरहने घोषणा गरेको हो ।”

“बैठकमा सहभागी माधव नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु संविधान र गणतन्त्रको पक्षमा दृढ भएर उभिएको सुनाउँदै भोलिका दिनमा पनि लोकतन्त्र, संविधान र गणतन्त्रमाथि खतरा आए त्यसको विरुद्धमा उभिने बताए । तर, अदालतको फैसलापछि अब एमाले आफ्नो पार्टी एकतामा केन्द्रित रहने उनको भनाई छ ।”

“अदालतको फैसला नआउँदासम्म आफ्नो पक्षका सांसदहरुको हस्ताक्षर फिर्ता नहुने भनिएको र आज अदालतको फैसला आएपछि अब विपक्षी गबन्धनमा रहिरहने कुरा नभएको उनको भनाई छ । देउवा नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै सोहीअनुसार नेता नेपालले आफ्नो सुझाव दिएको पनि उनले जानकारी दिए ।”

“र, अब बन्ने सरकार एकलौटी नचलोस भन्ने पनि नेता नेपालले सुझाव दिएका थिए । देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे एमालेले सिंगो पँक्ति एक भएर निर्णय गर्ने उनले स्पष्ट पारे । file photo

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?