मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने भए,निर्वाचन गरेर किन राज्यको अरबौ ढुकुटी रित्याउनु : ज्ञानेन्द्र शाही”

“हामी नेपाली हाम्रो नेपालका संयोजक ज्ञानेन्द्र शाहीले किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रित्याउनु भन्दै प्रश्न गरेका छन् । उनले अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरुलाई यो यति बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो भनेका छन् ।”

“उनले सामाजिक सञ्जाल फेसबुकमा आज सर्बोच्च अदालतको निर्णय कतिलाई प्रत्याशित लाग्ला त कतिलाई अप्रत्याशित लागेको बताएका छन् । उनले राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थायि निकायहरू निष्पक्ष, स्वतन्त्र र बाहिरी प्रभावबाट अछुतो हुन आवश्यक रहेका बताएका छन् ।”

“उनले सर्वोच्च अदालतको फैसला आएपछि ” के अब सरकार १ महिना ६ महिनामा या १ बर्षमा सरकार परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो ? के सरकार बनाउन बिभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो ?

“यदि हो भने अद्य्यावधिक निर्वाचन किन र के का लागि ? अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो यति बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?” भन्दै प्रश्न गरेका छन् ।

“शाहीले फेसबुकमा ”नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण आदरणीय नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ” भन्दै स्टाटस लेखेका छन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?