मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आज मङ्गलबार सार्वजानिक बि’दा दिने निर्णय

1 min read

काठमाडौं । जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीको उपलक्ष्यमा भोलि मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका ध’रोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

स्वदेश तथा विदेशी सा’हित्यकारहरुको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना स’ङ्क्रमणका कारण २०८औँ भा’नुजयन्ती एक दिन मात्रै मनाइने भएको छ ।

भानु नगरपालिका–४ चुँदीरम्घा बँेसीस्थित भानुजन्मस्थल विकास समितिको का’र्यालयमा आज बिहान भा’नुप्रति श्र’द्धाञ्जलि तथा साहित्यिक र’चना वाचन कार्यक्रम रा’खिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।- ओएस नेपाल 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?