मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

साउनको दुई गतेपछि पुनः नि’षेधाज्ञा !

काठमाडौं । आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा हुन्छ ? यो प्रश्नले सार्वजनिक यातायातमा चर्चा पाइरहन्छ। सर्वसाधारण जम्मा भएको ठाउँमा पनि यो प्रश्नले स्थान पाउँछ। सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ।कोरोना रोकथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई कोरोना नियन्त्रणको जिम्मेवारी दिएको छ।

काठमाडौं उ’पत्यकाका प्रमुख जि’ल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ।शनिबार पनि बैंकहरु खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि निषेधाज्ञा खुलेको आरोपलाई अझ मजबुद् बनाएको छ। सार्वजनिक स्थान र यातायातमा हुने छलफलका बारेमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गर्छन्।

डिसी ने’पालसँगको कु’राकानीमा प्रजिअ निरौलाले भने, ‘कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३०/३१ गते बसेर यस विषयमा छ’लफल गर्छौं।’साउनपछि निषेधाज्ञा भएपछि कर उठाउनकै लागि खोलिएको भन्ने संजोगमात्र हुने उनको भनाइ छ। उन’ले भने, ‘रोग ब’ढेपछि निषेधाज्ञाको विकल्प हुँदैन। तर, असारमा कर उठाउनकै लागि मात्र खोलिएको भन्ने गलत हो। कोरोना संक्र’मणदर घ’टेका कारण हामीले खोलेका थियौं। बढेपछि बन्द गर्नु पर्ने हुनसक्छ। यदि यस्तो भयो भने त्यो संजोगमात्र हुन्छ।’

कोरोनाको पछिल्लो स्थिति के छ ?पछिल्लो समय नेपालमा कोरोनाको संक्रणदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार दुई हजार १ सय बढी संक्रमित थपिएका छन्। मन्त्रालयले सर्वाजनिक गरेको रिपोर्टमा १ हजार ३ सय ५३ जना पीसीआर परीक्षणबाट पोजेटिभ देखिएका थिए भने ८ सय १६ जना एन्टिजेन परी’क्षणबाट संक्रमित थपिएका हुन्।काठमाडौं उपत्यकाका तीन जि’ल्लासहित ९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालया अनुसार प्रदेश १ का मोरङ, झापा र सुनसरी, वाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चि’तवन र मकवानपुर र गण्डकी प्रदेशको कास्कीमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्

मन्त्रालयका अनु’सार २५ जिल्लामा २ सयदेखि ४सय ९९ सम्म कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने अन्य जिल्लाहरुमा १ देखि १ सय ९९ जनासम्म सक्रिय संक्रमित रहेका छन्। हालसम्म शून्य संक्रमित कुनै पनि जिल्लामा देखिएको छैन।काठमाडौंमा जम्मा ५ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भक्तपुरमा १ हजार २४ र ललितपुरमा १ हजार २ सय २३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा काठमाडौंमा ३ सय ३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ६० जना कोरोनाका संक्रमितहरु थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै पनि कोरोनाको महामारी कम नभएको भन्दै सजग रहन अनुरोध गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले सामाजिक सञ्जालमा भिडियो राख्दै सुरक्षित रहन आग्रह गरेका छन्।निषेधाज्ञापछि अफिस खुलेकाले अफिसजाँदा र घर जाँदा अपनाउनु पर्ने सतर्कता भिडियोबाट जानकारी गराइएको छ। स्वास्थ्यका मापदण्ड सधै अपनाउन् पनि मन्त्रालयले अनुरोध गरेको छ। –यो खबर डि सि नेपाल डट्कम् मा प्रकाशित छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?