मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“नेपालकै कान्छी, समाजसेवी प्रेन्सा रेग्मी लाई बाल प्रतिभा प्रोत्साहन पुरस्कारबाट सम्मानित” हार्दिक  बधाइ, 

1 min read

“काठमाडौं : कान्छी समाजसेवी प्रेन्सा रेग्मीलाई सम्मानित प्रदान गरेको छ । सानै उमेरमै समाज सेवामा सक्रिय रहेकी रेग्मीलाई सोमबार सिर्जनशील बाल प्रतिभा प्रोत्साहन पुरस्कार-२०७७ बाट सम्मानित गरेको हो ।”

“सकारात्मक सन्देश/ सामाजिक कार्यमा प्रतिभा देखाएको भन्दै काठमाडौमा एक कार्यक्रमका बिच महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्मानित गरेको छ । नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको छ ।”

“कान्छी समाजसेवी रेग्मी बालबालिका प्रोत्साहन गर्न साहित्य क्षेत्र र विभिन्न कार्यक्रम गर्दै आएकी थिईन पहिलो चरणको कोरोना भाइरसको महामारीमा सरकारले गरेको लकडाउनले दैनिक मजदुरी र साँझ बिहान हातमुख जोड्न धौधौ परेकालाई नि:शुल्क फुड बैंक संचालन गरेकी थिईन ।”

“कान्छी समाजसेवी रेग्मीले फुड बैंक,क्लोथ बैंक,बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने निरन्तरता दिई रहेकी छन् ।

“यस्तै दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गइरहेका बेला पोखराकी ९ बर्षिया कान्छी समाजसेवी प्रेन्सा रेग्मीले रोटि बैंक संचालन गरेकी थिईन ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?