मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘मलाई जनताले, हटाएका, होइनन्, अदालतको परमादेशका,कारण बालुवाटार छोड्दैछु’

“काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा अन्तिम पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीका रुपमा बालुवाटार छोड्दै गर्दा उनले निर्माणधिन कामहरुका बारेमा जानकारी गराएका थिए । उनले अधुरा रहेका कामहरुको बारेमा जानकारी दिँदै त्यसलाई सफलता पुर्वक सम्पन्न हुने कुरामा विश्वास ब्यक्त गरेका छन् ।”

“उनले बालुवाटार छोड्नु अघि सर्वोच्च अदालतको फैसला प्रति चित्त दुखाएका छन् । उनले सर्वोच्च अदालतको फैसलाले दलीय व्यवस्थालाई कमजोर बनाएको आरोप लगाएका छन्। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट विदाई सम्बोधन गर्दै ओलीले यस्तो अभिब्यक्ति दिएका हुन् । उनले लोकतन्त्रका विरुद्ध गम्भिर षडयन्त्र भएको बताए ।”

“राष्ट्रिय एकताको आवश्यकता र विकास निर्माणका कामको आवश्यकताका बेलामा भएको यस्तो फैसलाले अन्यौलता बढाएको बताए । कालान्तर सम्म सम्झने र यसको गलत असर पर्ने भएकाले ऐतिहासिक हुने ब्यग्यं गरेका छन् । कस्तो ऐतिहासिक त्यो पछि इतिहासले बताउला उनले भने । अदालतको आदेशले लोकतन्त्रलाई कमजोर बनाउने भए पनि आफूले पालना गर्ने बताए।”

“अदालतको आदेशले लोकतन्त्रप्रति विश्वास राख्नेलाई चिन्तित बनाएको उनले बताए। आवधिक निर्वाचन मार्फत जनप्रतिनिधि चयन हुनु सबैभन्दा महत्वपूर्ण भएको ओलीले दोहोर्‍याए।”

“ओलीले जाँदाजाँदै दलीय ह्वीप लाग्दैन भन्ने अदालतको व्याख्याले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको बताए। अदातलको आदेशप्रति आ क्रो श व्यक्त गरेका ओलीले फैसलबाट संविधानको संशोधन गरेर पछि फर्कने काम गरेको आरोप लगाए।”

“उनले अब बन्ने सरकार पनि सलामत ढंगले अगाडी बढ्ने कुरामा शंका ब्यक्त गरेका छन् । अहिले सम्म जसले जे गरे ति सबै परिचित छन्, उनीहरुको भुमिका देशलाई थाहा छ त्यो भनिरहन पर्दैन उनले विपक्षी दल र माधवकुमार नेपाल प्रति संकेत गर्दै भने ।”

“लोकतन्त्रका लागि आफूले जीवन दिएको बताउँदै ओलीले अदालतको फैसलाप्रति अविश्वास पैदा भयो भने खतरा उत्पन्न हुने चेतावनी दिए। ‘जनताको जनादेश म सँग थियो। अदालतको परमादेशका कारण बाहिरिँदै छु’ओलीले भने।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?