मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ओलीको विदाई,सम्बोधन : अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल, हटाएर उदाउँछ”

फाइल तस्बिर

“काडमाडौं,२९ असार । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।”

“आज साँझ ६ बजे देउवाले प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम तय भएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गरेका हुन् ।उनले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गरे ।”

“उनले भने,‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् ।। सूर्यको प्रकाशलाई कसैले पनि छेक्न सक्दैन् । नेपाल र नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा म र मेरो पार्टी एकढिक्क भएर अघि बढ्छ । अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ ।’

“सम्बोधनको क्रममा उनले अब बन्ने सरकार र संसद सही सलामत चल्नेमा आफूलाई पर्याप्त शंका र आशंका लागेको पनि टिप्पणी गरे । उनले आफूलाई जनादेश हुँदाहुँदैपनि अदालतको परमादेशबाट बाहिरिनुपरेको पनि स्पष्ट पारे । आफ्नो सरकारले ऐतिहासिक काम गरेको पनि उनको दाबी छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?