मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“जर्नादन शर्मालाई, अर्थ र पम्फा भुसाल,लाई ऊर्जा”

“काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा र पम्फा भुसाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भएका छन् । उनीहरु महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् ।”

“विश्वस्त स्रोतका अनुसार शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । भुसालले ऊर्जा मन्त्रालय सम्हाल्नेछिन् ।देउवाले आजै साँझ प्रधानमन्त्रीको सपथ लिदैछन् । शर्मा र भुसालले पनि सपथ लिने छन् ।”

“देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा राष्ट्रपति कार्यालयले धारा नै उल्लेख गरेन”(;के त्यो पर्दैन) त हैन ?

“काठमाडौं, २९ असार । राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्तीमा संविधानको कुनै धारा उल्लेख गरेको छैन ।”

“राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘

“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका, सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?