मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ब्युँताइयो, युथ फोर्स, दुई हजार गाडी र तीन हजार मोटरसाइकल,ले स्कर्टिङ गरी ओलीलाई बालकोट : महेश बस्नेत”

“नेकपा एमालेले आफ्नो भ्रातृ संगठनको रूपमा युथ फोर्सलाई ब्युँताएको छ।युवा संघको मंगलबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो।

“युथ फोर्सको उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन्।एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेत नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको सेतोपाटीलाई बताए।”

“उनका अनुसार अहिले एमालेलाई बौद्धिक अराजकतावादी तथा विपक्षी गठबन्धनका नाममा घेराबन्दी गरिएको छ, त्यसको प्रतिरोध युथ फोर्सले गर्नेछ।‘पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ बस्नेतले भने।”

“एमालेको अग्रपंक्तिमा रहेका नेतालाई सुरक्षा दिँदै युथ फोर्सले पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका खेल्ने बस्नेतले बताए।‘पार्टीका कार्यक्रमका साथै महाविपत्तिमा राहत तथा उद्धारका कार्यक्रममा युथ फोर्स सहभागी हुनेछ,’ उनले भने, ‘सभा, सम्मेलन, गोष्ठीबाट एमालेवि,रोधी गतिविधिको खण्डन गर्नेछ।’

“युथ फोर्स तत्कालीन महासचिव, झलनाथ खनालको पालामा गठन गरिएको थियो। माओवादीको,वाइसिएलका नाममा गतिविधि बढेपछि एमालेले त्यसलाई काउन्टर दिन युथ फोर्स गठन गरेको थियो।”

“तर, युथ फोर्सका नाममा विकृति, बढेको भन्दै पार्टीले पछि खारेज गरेर युवा संघमात्रै अस्तित्वमा राखेको थियो।बस्नेतका अनुसार प्रधानमन्त्री केपी ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने कार्यक्रम छ।”

“दुई हजार गाडी र तीन हजार, मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको बस्नेतले बताए।उनले कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम रहेको पनि बताए।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?