मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यसरी हुँदैछ तयारी: अ’लपत्र नेपालीलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म उडान हुने ,,हेर्नुहोस,,

सरकारले अ”लपत्र नेपाली ना’गरिकलाई स्वदेश ल्याउन दैनिक १० व’टासम्म हवाई उडान भर्ने तयारी गरेको छ।

यसका लागि सरकारले त्रिभुवन अ’न्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि स”म्पूर्ण स्वास्थ्य सुरक्षा व्य’वस्थालाई थप बलियो बनाएको खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

विमानस्थल कार्यालयका म’हाप्रबन्धक देवेन्द्र केसीले विदेशबाट आउनेमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै विमानस्थलको स्वास्थ्य सुरक्षा प्रबन्ध थप मजबुत बनाइएको ब’ताए।

उनले लकडाउनका बेला वि’मानस्थल व्यवस्थापनका लागि निरन्तर काम भइरहेको जानकारी दिँदै अहिले सामाजिक दूरी कायम गरी हवाई उडान सञ्चालनका लागि विभिन्न ठाउँमा मार्किङ र सरसफाइलगायत सबै तयारी पूरा भएको बताए। विमानस्थल कार्यालयले पनि वि’मानस्थल स’रसफाइ एवं व्य’वस्थापनलाई तीव्रता दिएको छ।

वि’मानस्थल कार्यालयका अ’नुसार अन्तर्राष्ट्रिय उडानमा अब साविकको तुलनामा कम्तीमा एक घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने छ। गत ११ चैतदेखि जारी लकडाउन र व्यावसायिक उडान प्रतिबन्धकाबीच पनि वि’मानस्थलबाट अहिले ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन्।

अहिले सरकारले विदेशमा अ’लपत्र नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गरिने बताएको छ। स्वेदश आउने व्यक्तिसँग उडानअघि को’भिड–१९ संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण हुनुपर्ने नीति पनि सरकारले लिएको छ । सोही नी’तिअनुसार सरकारले कोरोना भाइरसका कारण विदेशमा अल’पत्र परेका नेपालीलाई प्राथ”मिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको हो।

जसका लागि सरकारले भारतबाहेकका मु’लुकबाट नेपाली नागरिकलाई ल्याउन दैनिक प्र’तिमुलुक एकका दरले १० वटासम्म हवाई उडानको अनुमति दिन सकिने निर्णय गरेको छ।

स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली ना’गरिकलाई ल्याउन सहजीकरण गर्नेसम्बन्धी आ’देशअनुसार कुनै मुलुकबाट यात्रु आउने अवस्था नरहे एक दिनमा १० वटा उडान नबढ्ने गरी धेरै यात्रु भएका मुलुकबाट थप उडान गर्न पाइनेछ।

यस्तो उडानमा सहभागी गराउन सरकारले उद्धारका १५ वटा प्राथमिकता तोकेको छ । जसमा स’जायबाट आममाफी पाएका, घरफिर्ती केन्द्रमा रहेका र हा’ल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र सुत्केरी तथा ग’र्भवती महिला, बालबालिका, ज्येष्ठ ना’गरिक र अपांगता भएका छन्।

यसैगरी, सरकारी सेवामा रही अ’ध्ययन वा तालिममा गएका, अध्ययन स’माप्त भएका विद्यार्थी, नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, परि’वारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट रो’जगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघ संस्थामा का’र्यरत रहेका नेपाल आउनुपर्ने अवस्थाका तथा पर्यटक तथा व्यापारिक भिसामा गएकाहरू पनि प्रा’थमिकता पर्नेछन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?