मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भोजपुर सेवा समाज ईजरायलको पाँचौ साधारणसभा बाट अध्यक्ष इन्दिरा अधिकारीको नेतृत्वमा नयाँ कार्य समिती गठन,,,,

1 min read

इजरायल –प्रवासी भुमी इजरायलमा रहेका भोजपुर जिल्ला बासिहरु लाई समेटेर “जननी जन्म भुमि जन्मेको ठाउँ र जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ’ भन्ने मान्यता लाई सिरोधार्य गर्दै जन्मेको ठाउको लागि केहि गरौ भन्ने उदेश्यले पाँच बर्ष अगाडी भोजपुर सेवा समाज इजरायलको स्थापना भएको हो । भोजपुर सेवा समाज इजरायलले देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोपहरुमा जिल्लाबासिहरुको लागि मात्र नभएर देशै भरी सहयोग गर्दै आएको छ भने कुनै पनि संस्थाले गरेको राष्ट्र निर्माणका काममा पनि हातेमालो गर्दै आइरहेको छ ।

भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा यहि ०७८ असार २८ गते सोमबार सम्पन्न भएको छ । सोमबार साझ अनलाइन मार्फत सम्पन्न भएको साधारण सभाले इन्दिरा अधिकारिको अध्यक्षतामा १५ जना नयाँ कार्यकारी समिति गठन गरिएको जानकारी मेचीमहाकाली डट नेट लाई प्राप्त भएको छ।

जसअनुसार कार्यसमितिका पदाधिकारीहरुमा : संरक्षक – बाल कुमार राई,वरिष्ठ सल्लाहकार – कृष्ण रायामाझी,सल्लाहकार- बिष्णु लामा,सल्लाहकार- अनु थापा,अध्यक्ष – इन्दिरा सुबेदि अधिकारी,वरिष्ठ उपाध्यक्ष – सुमिन पाख्रीन,उपाध्यक्ष – मिना राई,उपाध्यक्ष – स्वरस्वती राई,उपाध्यक्ष- झकिन्द्र खतिवडा,महासचिव – मचिन्द्र तामाङ,सचीव – सीता बिष्ट,कोषाध्यक्ष – सुनिता गुरुङ
स-कोषाध्यक्ष – बिमल घले,सदस्य,रोजी गोले,दिपा राई, रहेका छन ।

भोजपुर सेवा समाजको नव गठित कार्यसमितिले जिल्लाबासिहरुको सल्लाह सुझाब साथ समर्थन अनुसार केही गरौ भन्ने उदेश्यले सबैको एकता भाईचारा, सद्भाव,मेलमिलाप परिचयलाई अझ नजिकबाट दरिलो र प्रगाढ तथा आत्मियता पार्दै भावनात्मक सम्बन्धलाई वास्तबिक सम्बन्धमा बदल्दै जन्मेको ठाउको लागि केहि गरौ भन्ने जति सबैको भावना र

विचार लाई आत्मासाथ गर्दै जिल्लाको धर्म संस्कृति पहिचानको साथै जिल्लाको हरेक क्षेत्रमा सामाजिक धार्मिक परोपकारी,राजनैतीक,कृषि क्षेत्र लगायत हरेक बर्ग समुदया भित्र समाजमा केही बिकास मुलक काम गरौ र समाजका हरेक बर्ग समुदाय भित्रका गारिबि,असाय,वृद्ध बिपन्न बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोपहरुमा भोजपुर सेवा समाजले थोरै भए पनि सेवा र बिकास गर्ने अभिप्राय राखेको छ।

यस्तो छ नयाँ कार्य समिति

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?