मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“राजेन्द्र महतो विश्वास, सोमबार दिउँसो, चकनाचुर भएपछि, ठूलो मारमा”

1 min read

“जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन । तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ । अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उनले केही दिनअघि मात्रै भनेका थिए, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसमा पनि मै प्रधानमन्त्री हुन्छु ।’

“महतोले सोधे, ‘त्यो परिस्थिति भनेको के हो ?’ ओलीले भने, ‘एमालेलाई म मिलाउँछु । माधव नेपाल यति कमजोर हुन्छन् कि, उनीसँग धेरै मान्छे रहँदैनन् । त्यसबेला बाध्यताबस माधवले ह्वीप मान्छन् वा चूप लाग्छन् । त्यसकारण सरकार बनाउन सहजता हुन्छ ।’

“महतोहरुले राजपालाई व्युँताउनका लागि गरेको प्रयास विफल भएकोबारे ओलीसँग सोधे । भने, ‘निर्वाचन आयोगले हामीलाई सहयोग गर्छ । तर, एक्सपोज भएर सहयोग गर्न उनीहरुलाई पनि गाह्रो छ नि †’ आफू प्रधानमन्त्री रहिरहे जसपाको विवादमा पनि हरसम्भव निर्वाचन आयोगको सहयोग गराउने बचन दिएका थिए । र, यिनै कुराले ओलीप्रति महतोहरु विश्वस्त थिए, जुन विश्वास सोमबार दिउँसो चकनाचुर हुन पुगेको छ ।-”

“त्यही विश्वासका कारण राजविराजमा ओलीको पक्षमा निस्किएका जुलुसमा पूर्वराजपाले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको थियो । किनभने, चुनावमा समेत गठबन्धन बनाएर सँगै जाने सल्लाह थियो । रातो पाटीमा यो खबर छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?