मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“कर्मचारीलाई, अर्थमन्त्री शर्माले भने– काम छोडेर चाकडी गर्न नआउनु,

“नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् ।  अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रका लागि केही गर्ने उद्देश्य साथ आएको बताए ।”

“मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता भएको मन्त्री शर्माले बताए । ”

“मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे ।”

“मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइजस्तो भएर काम गर्न उनले आग्रह गरे ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?