मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“काङ्ग्रेस को सरकार आएको, एक दिन नबित्दै, गच्छदार दश लाख धरौटी,मा रिहा”

1 min read

“काठमाडौं, ३० असार । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा गरेको छ । प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । आज थुनछेक बहसपछि दश लाख धरौटी बुझाउन आदेश दिएको हो ।”

“बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका गच्छदार आज विहान विशेष अदालतमा हाजिर भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दाय गरेको भ्रष्टाचारको मुद्दामा गच्छदारको नामसमेत उल्लेख थियो ।”

“ओली सरकारले गरेको, असंवैधानिक नियुक्तीको खारेजी गर्न प्रधानमन्त्री, देउवालाई पौडेलको सुझाव”

“काठमाडौं, ३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमाफै उनले यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन्–‘आम नागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृतिको विकल्प बन्नुपर्छ ।”

“आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टीले अबको सरकार ओली प्रवृतिको विकल्प बन्नुपर्छ । भ्रष्टचारलाई शुन्यसहनशिलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्छ । भ्रष्टचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छाँयाबाट मुक्त गराउनुपर्छ ।’

“अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तीको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्ने पनि पौडेलको भनाई छ । उनले भनेका छन्–‘सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आम नागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ ।”

“संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ । आज बनेको सरकार लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !” file photo

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?