मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ओलीद्वारा माधव पक्षका,नेतामाथि कारबाही,को, सूची तयार”

1 min read

“काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै पार्टीमा आफूविरुद्ध लागेका सांसदहरुमाथि कारबाही गर्ने सूची तयार गरिसकेका छन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदमाथि कारबाही गर्ने गरी सूची तयार गरेका हुन् ।”

“माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदको हस्ताक्षरले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । जसका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै जारी गर्यो ।”

“ओलीले बालुवाटार पुगेर माधवकुमार नेपालमाथि सबैभन्दा आक्रोश पुगे । उनले नेपाललाई पार्टीमा कुनै स्थान नभएको समेत बताए । अब पार्टी बैठक डाकेर नेपालसहित २३ सांसदमाथि ओलीले कारबाही गर्ने तयारी समेत गरेका छन् ।”

“कारबाहीको सूचीमा परेकामा १५ प्रत्यक्ष निर्वाचित र ८ समानुपातिकतर्फका सांसद हुन् । उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने देखि सांसद सदस्य खारेज सम्मको निर्णय सिफारिश गर्ने तयारी भएको बुभिएको छ ।”

“समानुपातिकतर्फको ८ सांसदको हकमा बन्दसूचीमा रहेकामा तलतिर रहेकाहरुले अवसर पाउने छन् । तर, प्रत्यक्षतर्फका निर्वाचित सांसदलाई भने हटाउन कठिन छ । उनीहरुले दल त्याग गरेमा मात्र हटाउन सकिने व्यवस्था छ ।”

नेपाल-खनाल पक्षीय सांसद

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. धनश्याम भुसाल

१३. सोमप्रसाद पाण्डे
१४. मेटमणी चौधरी
१५. झपट रावल
१६. दिपकप्रकाश भट्ट
१७. रामकुमारी झाँक्री
१८. सरला यादव
१९. पुष्पाकुमारी कर्ण
२०. कल्याणी खड्का
२१. निरादेवी जैरु
२२. लक्ष्मीकुमारी चौधरी
२३. मुकुन्द न्यौपाने

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?