मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“देउवा सरकारमा नजाने, जनमोर्चा,को निर्णय”

1 min read

“काठमाडौं, ३० असार । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको हो ।”

“जनमोर्चा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्ष सम्मलित गठबन्धनमा आवद्ध छ ।”

“सर्वोच्च अदालतको परमादेशअनुसार देउवा हिजो संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ खाईसकेका छन् । सुरुमा उनले कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएर सरकारमा सहभागी गराएका छन् ।”

“कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की कानू, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । उता, माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुषाल उर्जामन्त्री बनेकी छिन् । file photo

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?