मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ब्रेकिङ:प्रचण्ड र विप्लवबीच भेट वार्ता , फुटेर होईन जुटेर जाने सल्लाह … ता’ली या गा’ली?

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।शा’न्तिपूर्ण राज’नीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पा’र्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड नि’वास खुम’लटारमा पुगेका हुन्।

यो पनि,,,,“२३ बर्षमा बुझ्न नसकेको सिस्टम र समाजलाई २३ दिनमा राम्रोसंग बुझ्ने मौका पाईयो” – ज्वाला संग्रौला ,,,काठमाडौं । २३ दिन हिरासतमा बसी काठमाडौं अदालतको साधारण तारेखमा छुटेकी ज्वाला संग्रौंलाले आफ्ना पक्षमा बोली दिने न्यायमुर्ती साथै समर्थकहरुलाई धन्यवाद दिएकी छिन। २३ बर्षमा बुझ्न नसकेको सिस्टम र समाजलाई २३ दिनमा राम्रोसंग बुझ्ने मौका पाईयो..भन्दै उनीले सामाजिक संजालमा सबैलाई अवगत गराएकी छिन् ।

संग्रौंला लेख्छिन्:”छलफलमा आउनु भनि बोलाएर बिना पक्राउ पुर्जी षड्यन्त्रपुर्ण ढंगले सत्ताको दम्भले उन्मत्त भएकाहरुको रबाफ , दबाब र मिलिभगतमा टेकु परिसरमा २३ दिन थुन्ने प्रहरी प्रशासनलाई मैले हिजो जिल्ला अदालत कठमाण्डौले बिना धरौटी साधारण तारेखमा रिहा हुने बित्तिकै धन्यबाद दिन समेत पाइन किनकी मोबाइल भर्खरै मात्र हात लाग्यो।

बॅाकी मेरो न्या’यको निमित्त देश बिदेशबाट आवाज उठाउने मेरा आफन्त, शुभचिन्तक र साथीभाईहरुलाइ त धन्यबादको जरुरत नै पर्दैन। मेरो न्यायिक लडाईमा मेरो पक्षमा बहस गर्ने न्यायमुर्तिहरु र दिनरात खटेर पानी झरी नभनी मलाई हिरासतमा भेट्न आउने, मेरो निम्ति प्रार्थना र पहल गर्ने सबै सबैको अनुहार बिर्सेकी छैन। देशमा कानुन छ। संबिधानभन्दा माथी कोहि छैन ।

आफै वकिल , आफैं न्यायाधिस बनेर दिनैपिच्छे मेरो बारेमा भए नभएका समाचार डुलाएर भ्रम’को खेतीमा रमाउने केहि मिडियाकर्मीहरुले मेरो लागि सजाय पनि तोकेका रहेछन्। तर यी सब चीजहरुले मलाई झन् बलियो बनाईदिएको छ। २३ बर्षमा बुझ्न नसकेको सि’स्टम र समाजलाई २३ दिनमा राम्रोसंग बुझ्ने मौका पाईयो..। देश र जनताको लागि काम गर्ने क्रममा लागेका आरोप र हिरासतमा बिताएका दि’नहरुले अझै बलियो र शसक्त बनाएका छन्।

बाढि’पहिरो र को’रोनाले थलिएका नेपालीहरुको दुखबाट २३ दिन बेखबर म आजबाट बल्ल स’म्पर्कमा छु। धेरै भन्दा धेरै फोन र म्यासेजहरुको ओईरो लागेको छ ! स’बैलाई जबाफ दिन नसकेपनि यहि स्टाटस् मार्फत सम्बोधन गर्न चाहन्छु।एकजना ब्यक्ति हुनु नहुनुले यो रास्ट्रलाई फरक पर्दैन होला तर देशकै निमित्त बिदेशको सुखसुबिधा सबै छोडेर आएको मा’न्छेलाई भने निक्कै फरक पर्ने रहेछ।बांकी थुप्रै कुरा भन्नु छ..! तर उचित समय आएपछि..!सबैलाइ धेरै धेरै धन्यबाद ! #जयदेश

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?