मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग सहित बसे फेरि डा.केसी अनशनमा, ता’ली या गाली?

1 min read

काठमाडौं -: संसारभर महामारीका रूपमा फैलिइरहेकाे कोरोना भाइरस (कोभिड–१९) को संक्रम’णवाट जाेगिन भन्दै सरकारले देशभर लक’डाउन गरेकाे छ । एकठाउँवाट अर्काे ठाउँमा जान नपाउने सरकारकै निर्देशन भएका बेला चिकित्सा शिक्षामा सुधा’र गर्नुपर्ने माग राख्दै धेरै पटक अनशननै बसेका डा. गोवि’न्द के’सीले फेरि दार्चुलामा अनसन सुरु गरेका छन् ।

दार्चुला ल’गायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गु’णस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मि”चिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मा”गसहित मंगलबारदेखि दार्चु’लामा अन’सन सुरु गरेका हुन ।

सदरमु’काम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा. केसीले य’सपटक भने सीमा सुरक्षाको बिष’यलाई पनि जोडेर अ’नशन गरेका छन् । सीमा क्षेत्रका लगा’यत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गु’णस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको प’हुँच पुर्याउनुपर्ने उनले बताएका छन् ।

उनले गण्डकी प्रदेश, डडेल्धुरा, बर्दि’बास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडि’कल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडि’कल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एम’बीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै विगतमा आफूसँग भएका सबै सम्”झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?