मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC जस्तो राष्ट्र’घाती सम्झौता यदि कसैले गर्छभने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौं:संग्रौंला

1 min read

सामाजिक अभियान्ता एवम् च’र्चित लेखिका ज्वाला संग्रौलाले विभिन्न विषयहरुमा दह्रो अनि खह्रो रुपमा आवाजहरु बुलन्दीत गर्दै आएकी छिन् । MCc को बारेमा यत्रतत्र सर्वत्र विरोध हुँदै गर्दा अभियन्ता संग्रौलाले पनि आँफ्नो तर्फ’बाट सक्दो लेख्दै या बोल्दै खबरदारी गर्दै आएकी छिन् ! उनी संन्जालमा लेख्छिन :

राष्ट्र’लाई दुख्ने गरी, राज्यलाई बेच्ने गरी ,नेपालको भौगोलिक अखण्डता र नेपालको स्वाधिनता माथि प्रहार गर्नेगरी कहीँ कतै देशी बिदेशी श’क्तिहरुसँग कालो सम्झौता हुन्छ भने , नेपालको अस्मितामाथि प्र’हार हुने गरी!

नेपाली जनताको ,नेपाली नागरिकको, नेपाली यूवाको नेपाली पत्रकारको, नेपालका सुरक्षाकर्मीको चि’त्त दुखाउँने गरी , कहीँ कतै नेपालका प्रकृतिक श्रोत हरु दोहन हुने गरी, यदि MCC जस्तो राष्ट्रघाती सम्झौता यदि कसैले गर्छभने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौ । राष्ट्र’घातीहरुलाई यो देशमा बस्न छुट छैन ।

त्यसकारण सिंहदरवार र बालुवाटारका नाइकेहरुले जनताको आवाज सुन्नु प’र्छ, जनताको आवाज बुझ्नु पर्छ, नागरिको चित्त बुझाउनु पर्छ। यही हो लोकतन्त्रको सुन्दर पाटो ।बुद्धलाई जिस्क्यायो भने बि’द्रोह निम्तिन्छ प्रधानमन्त्री ज्यु। बेलैमा बिचार पुर्याउनु होला, दुई तिहाईको दम्भ नदेखाउनु होला, शक्तिको घ’मण्ड नगर्नु होला ।

देशको सबैभन्दा ठूलो शक्ति सत्तामा हैन सडकमा हुन्छ ।आफूलाई शक्तिकेन्द्रको मालिक सोच्ने मेरो देसका शासकहरुलाई संसारकै उन्न”त र शक्तिशाली राज्य अमेरिकाका डोनाल्ड ट्रम्पको आजको इतिहास सम्झाउँनु नपरोस् । अमेरिकामा Racism लाइ नि’यन्त्रण गर्न नसक्दा आज संसारकै सबैभन्दा शक्तिशाली रास्ट्रका राष्ट्रपति हवा’इट हाउसको बंकरमा लुकेका छन्। अमेरिकामा त बं’कर थियो र ट्रम्प लुके ।

सिँहदरबार र बालुवाटारमा त बं’कर छैन, नेपालका शासकहरु कता लुक्ने? तसर्थ रास्ट्रघाती सम्झौता खारेज गरियोस् । नागरिकको भावनाको सम्मान गरियोस्। नेपालको स्वाधीनतमाथि देशी बिदे”शी दलालहरुको चल’खेल बन्द गरियोस् । केहि पैसाको लोभमा सा’र्वभौम नेपाललाई अमेरिकी सेनाको बुट र बन्दुकमुनी कदापी कैद नग’रियोस्! जय स्वाभिमान!तुरन्त_MCC_खारेज_गर!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?