मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च,, पूरा पढ्नुहोस!

काठमाण्डौ – कोरोना महामा’री निय’न्त्रण तथा रोकथामकाे लागि सरकारले अहि’लेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नि’यन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अ’नुसार को’रोना महा’मा’री नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरुबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उहाँले बतउनुभयो ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ ।

तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ । यो खबर उज्यालो अनलाईन मा प्रकाशित छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?