मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उपचार खर्च तिर्न नसक्दा अस्पताल कै बास,,,, सहयोग अपिल !! शेयर प्लीज !!

चिनको वुहानबाट शुरू भएको कोरो’ना भाइरस को’भिड १९ को कहर अहिले बिश्व भरी नै छाएको छ। को’रोना भाइ’रस कोभिड १९ बाट नेपाल पनि चोखो रहन सकेन र कोरो’ना भा’इरसको सं’क्रमण को महामा’री नफैलियोस् भनेर सरकारले लकडाउन गरेको पनि आज ७२ दिन भैसकेको छ।

लकडाउन को कारण दैनिकी जिवन नै अस्तब्यस्त भइरहेको छ। यि दिनहरुमा हुनेखाने ले त जसोतसो दिन गुजारा चलाएकै होलान तर हुदा खानेलाई भने भोकभोकै म’र्न बाध्य तुलाएको छ। त्यस्तै गरी गण्डकी प्रदेश नवलपुर गैडाकोट वाड न ३ बस्ने बल बहादुर सिन्जालीलाइ भने को’रोनाको क’हर संगसगै अस्पताल को बिल भुक्तानी कसरी गर्ने भन्ने पिरले पिरोलेको छ।

बलबहादुर सिन्जालीको शरीर आ’गोले जले पछि गत पुष १० देखि चितवन स्थित मेडि’कल कलेजमा उपचारार्थ छन् र हाल उनि निको भइसकेका छन् ।बिडम्बना निको भएर पनि आर्थिक स्थिति कमजोर भएको कारण अस्पताल लाई बुझाउन पर्ने ५ लाख रकम बुझाउन नसकेपछि उनि घर जान पाएका छैनन्।उनि अहिले चितवन जिल्लाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजको सर्जिकल वार्डको ६ नम्बर बेडमा उपचारार्थ छन्।सिन्जालीको परिवार मा एक श्रीमती र ६ महिना को छोरा छन्। आर्थिक स्थिति नाजूक भएको कारण अस्पताल लाई बुझाउन पर्ने ५ लाख रकम बुझाउन सकेका छैनन्।अस्पतालले केही रकम छुट दिएपनि लागत खर्च तिर्नुपर्ने बताएका छन्।

रकम अभावमा डिस्चार्ज हुन नसकेपछि ५ महिनादेखी अस्पतालको बेडमा नै बस्दै आएका बलबहादुर सिन्जालीलाई उपचार खर्च जुटाई अस्पतालको लागत खर्च जुटाउन गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले पहल गरिरहनुभएको छ । वडाअध्यक्ष शिवकान्त तिवारीले डेलि न्युज नेपालको संवाददाता संगको बार्तामा भन्नु भयो सिन्जाली उपचार को लागि हाल सम्म लगभग रू १ लाख जति सहयोग प्राप्त भइसकेको छ। बाकी रकम सहयोग प्राप्त भइसके पछी सामाजिक सञ्जालमा जानकारी गराउने बताउनुभएको छ।

‘सिन्जाली आखाँ भरी आँशु बनाउदै भन्छन् आफु संग भाको सबै पैसा पनि उपचारमा सकियो । बल्लबल्ल निको भए तर अस्पताललाई बुझाउने पैसा नहुदा घर जान पाएको छैन्न। देश तथा बिदेशमा छरीएर बस्नु भएका सम्पूर्ण मनकारी र सहयोगी नेपालीहरु मा सहयोग को अपिल गर्दछु।’

बलबहादुर सिन्जाली लाई सहयोग गर्न चाहनुहुने सम्पूर्ण सहयोगी मनहरूले गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारी को सम्पर्क नः ९८४५०४५७५३ मा सम्पर्क गर्नसक्नु हुनेछ। त्यस्तै गरी सामाजिक अभियान्ता निराज रानाभाट को सम्पर्क नः९८४५४२२५०२ अथवा ९८०९१८९१११ मा सम्पर्क गर्नसक्नुहुनेछ।

सामाजिक अभियान्ता निराज रानाभाट को सहयोग मा
तस्बिर स्रोत: विजय एफएम

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed