मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जनता को,रोनाको दु:खमा हुँदा सरकार कार्पेट व्यवस्थापनमा मस्त: मीनेन्द्र रिजाल…हेर्नुहोस l

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले जनता को,रोना म,हामारीमा रहेका बेला सरकार कार्पेट व्यवस्थापनमा जुटेको बताएका छन्।

विदेशम रहेका नेपाली स्वदे’श कसरी पुग्ने र स्वदेशका नेपाली को,रोनाबाट कसरी उम्कने भनिरहेका बेला सरकार कसरी कार्पेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको रिजालको भनाइ छ।

शनिबार प्रतिनिधिसभा बैठकमा खर्च क,टौतीको प्रस्ताव राख्दै सांसद रिजालले सरकारमा बसेकाहरूले जनताको दु:ख नदेखेको बताए।

नेपालीहरू कसरी को,रोनाबाट उम्कने भन्नेमा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्,’ उनले भने।

राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको खबरहरूप्रति लक्षित गर्दै सांसद रिजालले उक्त कुरा भनेका हुन्।

स,त्तारूढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाएको पनि उनले बताए।

‘स,त्तारूढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्,’ उनले भने।

उनले जनताको दु:खमा नुन नछर्किन पनि आग्रह गरे। ‘जनताको दु:खमा नुन नछर्किनुस्। राष्ट्रिय अ,ठोट आवश्यक छ। यो सं,कटबाट तपाईंहरूले पार लगाउनु हुन्न, मिलेर काम गरौं,’ रिजालले भने।

सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको उनले बताए। ‘राजश्व उठाउन सक्ने क्षमता र योजना सरकारसँग छैन। पूँजीगत खर्च गर्न सक्ने क्षमता र इमान्दारिताको लक्षण देखिएन,’ उनले भने। सांसद रिजालले अर्थ मन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राख्न माग गरे।सेतोपाटि

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?