मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतले नेपालको एक इन्च जमीन मिचेको छैन बरु नेपालले भारतको सिमाना मिचेको छ – अमरेश सिंह

1 min read

प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले एक कार्यक्रम अन्तर्गत “भारतले नेपालको एक इन्च जमीन मिचेको छैन बरु नेपालले भारतको सिमाना मि’चेको छ ” भनेको छन् ।हाल भई रहेको भारत र नेपालको सिमाना विवादमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले यस्तो बताएको हुन।

अहिले उनको नेपालमा चौतर्फी बि*रोध भई रहेको छ । धेरै नेपाली जनतामा “कतै उनी भारतिय दलाल र होइन?” भने प्रश्न उठेको छउनले उक्त विषयमा बोल्दै “सीमा विवादमा भारतको न भएर नेपालकै गल्ती भएको बताएको छन् ।

यो पनि पढ्नुहोस :- गंगा चौधरीले ‘भार’तीय चेली’ भन्दा सरिता गिरीको आपत्ति : ‘रेकर्ड ’ हटाउन माग प्रतिनिधिसभा बैठकमा सोमबार (जेठ १९ गते) नेकपा सांसद गंगा चौधरीले दिएको अभिव्यक्तिप्रति शुक्रबा’र (जेठ २३) को बैठकमा बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले आपत्ति जनाएकी छन्।

चौधरीले सीमा विवादको विषयमा बोल्दै भार’तीय दादागिरीप्रति अक्रोश व्यक्त गरेकी थिइन्। उनले ‘भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी’ भन्दै दिएको अभिव्यक्तिप्रति शुक्रबार गिरीले आपत्ति जनाएकी हुन्।उक्त दिनको बैठकमा आफू उपस्थित नभएको भन्दै गिरीले शुक्रबारको बैठकमा उनको भनाइ प्रति आपत्ति मात्र जनाइन त्यसलाई संसदीय रेकर्डबाट हटा’उनसमेत माग गरिन्।

‘मेरो अनुपस्थितिमा हाम्रो संसदकी एक मान्यजीले जुन मन्तव्य दिनुभयो। यसलाई घृणाको मन्तव्य भनिन्छ। यसलाई अग्रेजीमा ‘हेट स्पिच’ भनिन्छ ’, गिरीले भनिन्, ‘उहाँले रगत उमाल्ने अभिव्यक्ति दिनुयो। भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गर्दैछ। भन्नुभयो म यस्तो भाषा प्रयोग गर्दिन।’

चौधरीले जमिन, स्वाभिमान र राष्ट्रियता कदापी साट्न नसकिने भन्दै यस्तो अभिव्यक्ति दिएकी थिइन्। उनले भूमि मिचाहासँग सल्लाह र छलफल गर्न सुझाव दिएको भन्दै आपत्ति जनाएकी थिइन्।

‘सभामुख महोदय अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कदापि साट्न सकिदैन। नेपालमाथि भारतको दादागिरी नमिचेको ठाउँ छैन, नहेपेको गाउँ छैन’, उनले भनेकी थिइन्, ‘भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहसँग सल्लाह र छलफल गर्नुपर्यो रे ! आफ्नो जमिन मेरो हो भन्नका लागि पनि मेरो देशको भूमि मिचाहसँग सोध्नुपर्ने यो कस्तो बिडम्बना हो सभामुख महोदय।’

सांसद चौधरीको यही अभिव्यक्ति हटाउनुपर्ने माग शुक्रबारको बैठकमा सांसद गिरीले गरेकी हुन्। उनले यो विषय हटाउन माग गर्दै सरकार र गृहमन्त्रालयलाई कारबाहीको लागि ध्यानाकर्षण गराइन्। यो अभिव्यक्तिले सार्वभौमसत्ताको अपमान गरेको उनको भनाइ छ।

गिरीले आफूले भारत र चीनसँग कुरा गरेर सीमा विवादको समाधान गर्नुपर्ने आफ्नो विषयलाई गलत प्रचार गरिएको भन्दै आपत्ति जनाइन्। वस्तुगत र तथ्यका आधारमा बोल्नुको साटो सांसद नै मिडियाका हल्लाको पछाडि लागेको उनको आरोप छ। गिरीले चौधरीको नाम भने नलिइ यो आपत्ति जनाएकी हुन्। यसअघि चौधरीलेसमते गिरीको नाम भने लिएकी थिइनन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?