मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रत्येक प्रदे’शमा रासायनिक मल उत्पादन कारखाना खोल्नुपर्छ :सांसद गंगा चौधरी

नेकपा सांसद गंगा चौधरी सत्गौवाले किसानका लागि मल विउको समस्या भएपनि सरकारले व्यव”स्था गर्न नसकेको बताएकी छिन् ।

शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केन्द्रीयस्तरमा डिएपी, युरिया जस्ता रासायनीक मलको उत्पादन गर्न माग गरेकी छिन् । यस्तै सात वटै प्रदेशमा एक–एक वटा रासायनीक मल उ’त्पादन कारखाना स्थापना गर्न आग्रह गरिन् ।

उनले भनिन्,के’न्द्रीय स्तरमा यूरिया डिएपी उत्पादन गर्नुपर्ने अवस्था छ । प्रत्येक प्रदेशमा एउटा म’ल कारखाना स्थापना गर्न आवश्यक छ । देशमा १५÷२० लाख यूवा स्वदेश फर्कदैछन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने अवस्था छ । नेपाली कृ’षि उपजको बजारीकरणको समस्या रहेको छ ।

उनले सरकारले कनिका छरेजस्तो बजेट छरेको बताउँदै यसले कुनै उपलब्धी हासिल नहुने बताइन् । वि’कास योजना एकीकृत ढंगले स’ञ्चालन गर्न आग्रह गरिन् ।

सांसद चौधरीले था’रु समुदाय सिकलसेल एनिमिया रोगबाट ग्रसित हुनुपर्ने अवस्था रहेको बताउदै सरकारले यसवर्षको बजेटमा केही नपाउँदा दुःख लागेको उल्लेख गरिन् । साथै पर्यटक भित्राउनका लागि थारु समुदायको सस्कृति,कला, नाँचगानको संरक्षणका लागि संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको ध्यानाकर्षण गराइन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?