मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रो’ल्पामा गएर गो’रु जो’त्दै पुर्बसभामुख मह’रा …पूरा हेर्नुहोस!

रोल्पा । पूर्व सभामुख कृष्णबहादुर महरा लकडाउनमा पुर्खेउली घर रोल्पामा छन्। संसद् बैठक स्थगित भएको मौका पारेर महरा रोल्पा पुगेका हुन्। गृहजिल्लामा सामान्य व्यक्ति सरह उनले दैनिकी चलाइरहेका छन्। हाल उनी आफ्नै बारीमा हलो जोत्दै गरेको भेटिन्छन्। ‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै स’दस्य आफ्नो पुर्खेउली घर आएका छौं ।’

हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक हो’इनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र ज’नताबीच फरक हु’नुहुँदैन ।’

कोरोना भाइ’रसका का’रण विश्वको अर्थतन्त्र तहस’नहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनि’र्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमु’ख आधार भनेकै कृषि उत्पादन हो ।’चेतना अनला’इनको सहयोगमा

यो पनि पढ्नुहोस :
काठमाडौं। ग्यास बिक्रेता महासंघले ग्यास बिक्रेता र कामदारको पनि कोरोना बिमा हुनुपर्ने माग राखेको छ। आइतबार महासंघको प्रतिनिधि मण्डलले नियमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई भेटेर कोरोना संक्रमणसँगै ग्याँस विक्रेता र कामदारको ज्यान उच्च जोखिममा पारेको भन्दै बिमा गर्नका लागि उद्योगहरुलाई दवाव दिन निगमलाई आग्रह गरेको हो।महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले ग्यास उद्योगहरुले प्रत्येक डिपोवाला र कामदारको कोरोना परीक्षण गरी बिमासमेत गरिदिनुपर्ने निगम समक्ष माग गरेको जानकारी दिए।

कठिन परिस्थितीमा काम गरिरहेका बिक्रेता र मजदुरप्रति राज्यले पनि हेर्नुपर्ने हुन्छ’, सोही कारण हामीले निगम समक्ष सो माग राखेका हौं। उनले भने।त्यसैगरी महासंघले ग्यास विक्रि गर्दा आउने कमिसन पनि बढाउन आग्रह गरेको छ। काठमाडौं उपत्यका छाडेर धेरै जना गाउँ गएकाले व्यापारमा कमी आएको भन्दै कमिसन बढाउन माग गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले कोरोनाको समस्या रहुन्जेल ग्यासको कारोबारमा पाँच प्रतिशत कमिसनको व्यवस्था हुनुपर्छ भन्ने महासंघको माग रहेको स्पष्ट पारे । उनले भने,‘कारोनाको कारण व्यापार व्यवसाय घटेकोले नाफामा कमी आएको साथै आफ्नो स्वास्थको पनि ख्या”ल नगरी ग्यास व्यापारीहरुले काम गरिरहेकोले उनीहरुको बढाउनुपर्ने माग गरेको हो ।’ त्यस्तै महासंघले ग्याँस वि”क्रेताको पनि कोरोना बिमा गर्नुपर्ने माग पनि निगम समक्ष राखेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?