मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘साथीहरूले लभ पार्दिन्थे, सर–मिसले छुटाइदिन्थे’

मैले कक्षा एकदेखि पाँचसम्म काठमाडौँ, कीर्तिपुरस्थित क्रिएटिभ एकेडमीमा पढेँ। घरबाट स्कुल टाढा थियो। त्यसैले स्कुल बसबाट आउने–जाने गर्थें। स्कुलमा सबैले माया गर्थे। गणितमा राम्रो अंक ल्याउँथेँ। पढाइमा पनि राम्रो थिएँ। कक्षा पाँचपछि घरनजिकैको बाघभैरव बोर्डिङ स्कुलमा पढेँ। स्कुल परिवर्तन गरे पनि साथीहरू बनाउन ग्राहो भएन। कक्षामा सबैसँग मिल्थें। सबैले मलाई ‘तिमी कस्तो हाँसिरहन्छौ’ भन्थे। म दंग पर्थें। स्कुलमा रोटेसन हुन्थ्यो। कहिले पहिलो, कहिले अन्तिम बेन्चमा बसेर पढ्थेँ। अस्मिता अधिकारी, आस्मा पौडेल, विशाल अधिकारी मेरा मिल्ने साथी थिए।

कक्षा पाँच र छ बाघभैरवमा पढेर कक्षा सातदेखि बालकुमारी माध्यमिक विद्यालयमा पढेँ। त्यता पनि रोटेसन हुन्थ्यो। सबै साथीसँग मिल्थेँ। पढ्नबाहेक डान्स र रनिङ मन पथ्र्यो। स्कुलमा हुने खेलकुद कार्यक्रममा भाग लिन्थेँ। कक्षा सात, आठमा पुगेपछि म्याथ एकदमै ग्राहो भयो। त्यसपछि सामाजिक विषय पढ्न मन पथ्र्यो। विज्ञान, खेलकुद र सामाजिक विषय पढाउने सरहरूले माया गर्नुहुन्थ्यो।

कक्षा आठमा पुगेपछि म्युजिक भिडियोमा काम गर्ने अवसर पाएँ। त्यसपछि समय मिलाउन गाह्रो भयो। पढाइमा पनि धेरै ध्यान दिन सकिनँ। कक्षा आठ, नौ र १० मा मर्निङ क्लासमा जानुपथ्र्यो। जाडो महिनामा एकदमै गाह्रो लाग्थ्यो। स्कुल नजानलाई एकदमै बहाना बनाउँथेँ। कहिलेकाहीँ बिहान ढिलासम्म सुत्न पाइन्छ भनेर बेलुकानै स्कुल ड्रेस लगाएर सुत्थेँ। एसएलसीको समयमा एकदमै गाह्रो भएको थियो। चौबिसै घण्टा पढेको पढ्यै गर्नुपथ्र्यो। एकदमै धेरै होमवर्क गर्नुपथ्र्यो। त्यो देखेर कहिले स्कुल सकिएलाझैँ हुन्थ्यो। स्कुलको अन्तिम दिन हामी सबै साथीहरूले एकअर्काको सर्टमा आ–आफ्ना नाम लेखेर हस्ताक्षर गरेका थियौँ। हामी सबै अँगालो हालेर रोएका थियौँ। अहिले ती दिन मिस हुन्छन्।

कक्षामा केटीहरूले एकअर्कालाई केटाको नाम लिएर जिस्काउँथेँ। कति जनाको त जिस्काउँदा जिस्काउँदै लभ पथ्र्यो। साथीहरूले लभ पार्दिन्थे, सर–मिसले छुटाइदिन्थे। उहाँहरूले थाहा पाएपछि हप्काउनुहुन्थ्यो र लभ छुट्थ्यो। मेरो पनि कक्षा १० मा त्यही भयो। साथीहरूले जिस्काउँदै–जिस्काउँदै आफ्नै कक्षाको केटासँग लभ परेको थियो। पछि आफैँ छुट्यो।

प्रस्तुतिः मेनुका

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?