मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC तोडेर अमेरिकासँगको सम्बन्ध बिगार्न हुन्‍न : मन्त्री खतिवडा

1 min read

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोडेर अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिन नहुने बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले भन्नुभयाे, ‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको स’म्बन्ध बिगार्ने र अ’न्तर्राष्ट्रिय सहयोगको वाता’वरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दै ।’

यसबारे संसदले छिट्टै छलफल चलाउनुपर्ने पनि उहाँले बताउनुभयाे । ‘एमसीसी सम्झौता पत्र संसदमा विचाराधीन छ । यहाँ छलफल भइजाओस् । यो कसैको सुरक्षा छातामा छ या छैन यसमा त्यहि बेला छल’फल हुन्छ । तर यो एउटा सहायता सम्झौता हो, यो सहायता सम्झौता अर्थ मन्त्रालयले गरेको हो । अर्थ मन्त्रालयले को मन्त्री हुँदा गर्‍यो भन्ने विषय भएन । प्रधानमन्त्रीले भन्नुभएको छ- यो सरकारको निरन्तरताको प्रसंग हो,’ उहाँले भन्नुभयाे ।

नेकपाका नेताहरू भी’म रावल’लगायतका सांसदहरूले नेपालको संविधान र कानुनसँग एमसीसी सम्झौताका बुँदा बाझिएमा एमसीसीका बुँदा लागु हुने लगायतका राष्ट्र हित विरोधी र नेपालको सार्वभौमिकतामा आँच आउने कुरा रहेकाले संशोधनबिना पारित गर्न नहुने बताउँदै आउनुभएको छ ।

सरकारले एमसिसी सं’सदबाट पा’रित नहुञ्जेल त्यस अन्तर्गतका आयोजनामा सरकारले नै खर्च गर्ने मन्त्री खतिवडाले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विद्युत पूर्वा’धार र सडक पूर्वाधारका लागि अमेरिकी सहयोग एमसिसीका परियोजनाहरु छन् । संस’दबाट अनुमोदन न’हुञ्जेल सहायता परिचालन गर्ने अवस्था छैन । एमसिसी पारित नहुन्जेल सरकारले नै त्यस्ता आयोजनारुको निर्माणलाई अघि बढाउने छ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?