मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पाल्पाको तिनाउ खोलामा कार ख’स्यो,,,,😭😭

बुटवल । सि’द्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दु’र्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सड’कबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।

दु’र्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घा’इतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो पनि हेर्नुहोस्,,,,एक वर्षपछि नरैनापुरमा पुगे चिकित्सक

काठमाडौं— बाँकको कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना चिकित्सक पठाइएको छ।

करिब एक वर्षपछि नरैनापुरको सो स्वास्थ्य केन्द्रमा चिकित्सक पठाइएको हो। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) पढेका डा सागर पन्तलाई नरैनापुर गाउँपालिकामा खटाइएको छ। उनी प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर भइसकेको नरैनापुर गाउँपालिकाले जनाएको छ।

नरैनापुरमा हालसम्म ११८ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये क्वारेन्टाइनमा बसेका एक जना २५ वर्षे युवा मृत्यु भएको थियो। स्वास्थ्यमा समस्या आएपछि समयमा अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको थियो।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँ सबै कोरोना संक्रमित निको भइसकेको जानकारी दिए। उनका अनुसार नरैनापुरका विभिन्न क्वारेन्टाइनमा ११४ जना व्यक्तिहरु बसेका छन्। उनले भने,‘दैनिक जसो भारतबाट मानिसहरु आइरहेका छन्। क्वारेन्टाइनमा मानिसको संख्या थपिरहेको छ।’

बाँकेको विकट र अनइ भौतिक सुविधा नभएका कारण सरकारले पठाएका चिकित्सक केही महिना बसि सरुवा गराउने कारण नरैनापुरका बासिन्दाले स्वास्थ्यसेवा पाउन समस्या हुँदै आएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?