मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरीलाई सांसद पदबाटै हटा’उने तयारी ताली या गाली? पढेर शेयर गर्नुहोस् !

समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि कारबाही गर्ने भएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको अध्यावधिक नक्सा अनुसार निशानछापका लागि संविधान संशोधन प्रस्ताव गरेपछि गिरीले उक्त प्रस्ताव खरेजीको माग गर्दै अर्को सं’शोधन दर्ता गराइकी थि’इन ।

तर, समाजवादीले भने संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो । पार्टीले प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिँदासमेत गिरीले अस्वीकार गरेकी छन ।

समाजवादी पार्टीसमेत एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । समाजवादीका एक नेताले अन्तिम समयसम्म पनि पार्टी ह्वीप नमाने गिरीलाई सांसद सदस्यबाटै हटाउने गरी सिफारिस गर्ने सम्भावना छ । अपराह्न १ बजे बोलाइएको संसद बैठक अघि समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?