मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सुगौली सन्धि खा’रेज गरौं, ग्रेटर नेपालको नक्सा निकालौं: सांसद गंगा चौधरी

सत्ता’रुढ ने’पाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले अब भारतसँग हेपिएर बस्न नसकिने बताएकी छन् । नेपालको नयाँ नक्सा’लाई आधिकारिकता दिन संसदमा प्रस्तु’त संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालका केही उच्च पदस्थ नेताहरु भारतपरस्त भएको पनि बताइन् । ‘नेपालका केही उ’च्च पदस्थहरु भारतको बोली बोल्छन् ।

राष्ट्रिय’ताको सवालमा मातृभूमिको पक्षमा उभिनुपर्नेमा भारतको पक्षमा उभिइरहेका छन्’, उनले भनिन्, ‘किन यस्तो भइरहेको छ । नेपालकै केही सांसदहरुको गतिविधि पनि त्यस्तै देखिन्छ, शंकास्पद भू’मिका र बो’ली सुनिन्छ संसदमै, यो राम्रो भएन ।’

सांसद चौधरीले अब नेपाललाई अन्याय गरेको सुगौली सन्धि पनि खारेज गरिनुपर्ने बताइन् । ‘नेपा’ललाई अन्यायमा पारेको सुगौली स’न्धि अब हामीले मान्नुपर्छ भन्ने आवश्यकता छैन ।

यसलाई पनि खारेज गरिदिऊँ’, उनले भनिन्, ‘अब सधैँ भारतसँग हेपिएर चेपिएर बसेर हुँदैन । सुगौली सन्धि खारेज गरिदिएर ग्रेटर नेपालको नक्सा जा’री गरौँ । ’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?