मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतले सुगौली सन्धि न’मान्ने हो भने टिष्टादेखि काँगडासम्म नेपाललाई छोड्नुपर्छ : लिङ्देन

काठमाडौं । राप्रपा’का सांसद राजेन्द्र लि’ङ्देनले सरकारद्वारा नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई सम’र्थन गर्ने जानकारी गराएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संवि’धान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले उक्त विधेयकको समर्थन गर्दै भू’मि फिर्ता लाउन पनि पहल गर्न सुझाव दिए ।

कुनै पक्षलाई दो’ष दिएर वा पाखा लगाएर राष्ट्रिय एकता कायम नहुने भन्दै उनले कूटनीतिक स’म्वादमार्फत भूमि फिर्ता ल्याउनु पर्नेमा जोड दिए । सन्धि र प्रमाणका आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै रहेको भन्दै उनले भने, ‘भारतलाई सोधौँ सुगौली सन्धि मान्ने हो कि होइन ? होइन भने टिष्टादेखि काँ’गडासम्म नेपाललाई छोडनु पर्छ ।’ 

यद्यपि भारतले सुगौली सन्धिको पालना गर्ने उनको विश्वास छ । संविधान संशो’धन गरेर नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेर ऐति’हास कामको ने’तृत्व लिने सौ’भाग्य पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले बधा’ई तथा धन्यवाद दिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed