मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC पास भए अमेरिकी सेना आउने कुरा नि’राधार : कांग्रेस प्रवक्ता शर्मा,,हेर्नुहोस!

1 min read

झापा – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनुभएकाे छ।

कांग्रेस झापाले आ’इतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले MCC पा’रित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला नि’राधार भएकाे बताउनुभयो । प्रवक्ता शर्माले भ’न्नुभयो, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छै’न, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।”

सुनेको भरमा टि’प्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उहाँको भ’नाइ थियो । “अक्षरशः पढ्नु’, अनि MCC सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हि’तमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उहाँले भन्नुभयो, “सु’नेको भरमा धारणा बनाउनु हुँदैन ।”

मुलुकको विद्युत् प्र’सारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उहाँको भनाइ थियो ।

प्रवक्ता शर्माले सरकारले को’रोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाउनुभयो । यता, कोरोना सङ्क्रमणको जो’खिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले स’रकारलाई ज्ञा’पनपत्र बुझाउने भएको छ ।

केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन का’र्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पा’र्टीका झा’पा सभापति उद्धव थापा’ले बताउनुभयो । यो खबर उज्यालोबाट लिईएको हो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?