मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाल भारत सीमा वि’वादमा वार्ताको सहजीकरण गर्न तयार छु:बाबुराम भट्टराई ,,हेर्नुहोस!

गोरखा : पूर्वप्रधानमन्त्री डा’क्टर बाबुराम भट्टराईले वि’द्यमान नेपाल भारतको सी’मा वि’वाद स’माधानका लागि सह’जीकरण गर्न तयार रहेको बताएका छन् । सोमबार बिहान गृ’हजिल्ला गोरखाका पत्रकारसँगको भेटमा भट्टराईले भारतीय राजनीतिक नेतासँग यस विषयमा छलफल भइरहेकाले सहजी’करण गर्न आफू तत्पर रहेको बताए ।

‘भारतका अहिलेका विदेशमन्त्री जय’शंकर, अर्थ’मन्त्री निर्मला सितारमन सं’योगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भाव’नात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वा’तावरण बनाउनुस् भन्नुहुन्छ’, उनले भने, ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ ।

त्यसका लागि मुख्यतः प्रधानमन्त्री केपी शर्मा वलीको जुन अ’हंकारी प्रवृ’त्ति छ, त्यो उहाँले प’रित्याग गर्नुपर्छ । वार्ताको नेतृ’त्व त सरकारले ग’र्नुपर्छ । सहजी’करण गर्न र सहयोगी भूमि’का नि’र्वाह गर्न म तयार छु ।’ खोसिएको भूमि प्राप्त गर्न फौ¥जी ढंगले अघि बढ्नु अहिले अ’सान्दर्भिक हुने भन्दै उनले वा’र्ता र संवा’दकै माध्यम’बाट पहल गर्नुपर्नेमा उनले जोड दिए ।

कालापानी क्षे’त्रको विषयमा जुन वि’वाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खो’सेर लान त सक्दैन’, उनले भने, ‘त्यसमा भोग अ’धिकार स्था’पित गर्नका लागि फौजी ढंगले बल प्रयोग गरेर भा’रतीय से’नालाई निष्का’शित गर्नु एउटा बाटो हुन्छ । यो नेपालको सन्द’र्भमा अहिले वु’द्धिमानी र व्यवहारिक हुँदैन ।

अहिलेको विश्वमा यो उ’पयुक्त पनि हुँदैन । दो\स्रो बाटो भनेको अत्य’न्त जि’म्मेवार ढंगले राज’नीतिक र कुट’नीतिक वा’र्तामार्फत यो स’माधान गर्ने हो ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले आफ्नो क्षम’ता र कौ’शलता प्र’दर्शन गर्नुपर्ने उनले तर्क गरे । वा’र्ताको पहल नगरी गरिएका वक्त’व्यवाजीले प्रधानमन्त्रीले रा’ष्ट्रियताको खोल मात्र ओ’ढेको पु’ष्टि हुने टि’प्पणी गरे ।

यदि प्रधानमन्त्रीले यथासी’घ्र वा’र्ता र संवाद गरी समस्या समा’धान गर्न नसके रा’ष्ट्रियताको आ’वरण मात्र ओढ्नु भएको हो कि भन्ने जनताले गरेको आ’शंका सत्य पुष्टि हुनेछ’, उनले भने, ‘मेरो व्यक्तिगत धा’रणा त अझ सी’मा सम्बन्धी, पा’रावहन सम्बन्धी, अ’र्थ वा’णिज्य सम्बन्धी

विषय, विभिन्न स’न्धी स’म्झौता एक’मुष्ट ढंगले हल गर्नका लागि प्रवु’द्ध समूहबाटै सम्भव छ भन्ने हो । नेपाल र भारतका जनताको बीचमा कहिलै पनि दुश्म’नी छैन । खालि सत्ता र सरकार बीचमा मात्र ख’टपट भएको हो । त्यसैले सकभर इपि’जीमार्फत नै हल गर्नुपर्छ ।’ तर प्रधानमन्त्री ओली आफू पनि नजान्ने, अरुले भनेको पनि नमान्ने भएका कारण सम’स्या जड भएर रहेको उनले बताए ।

दु:खका साथ भन्नुपर्छ, हाम्रा प्रधानमन्त्री कसैको पनि सुझाव सुन्नुहुन्न । अ’ल्पज्ञान र अ’हंकारको स’मिश्रण उहाँमा छ त्यसले आफू पनि सच्चिनुहुन्न, राष्ट्रिय, अन्तर्रा’ष्ट्रिय वा’तावरण पनि बिगारिरहनु भएको छ’, भट्टराईले भने, ‘यो विषय सम्वे’दनशील छ है, समयमै समा”धानको पहल गर्नुपर्छ है भनिरहँदा हाम्रा प्रधानमन्त्री संवे’दनशील हुनुहुन्न ।

उहाँको अज्ञाता र अ’हंकारले गर्दा मु’लुकमा यो स्थिति आएको हो ।’ वा’र्ता र सम्वा’द नै यसको स’माधान भएको उनले दोहो¥र्‍याए । महाकाली सन्धीका बेला केपी शर्मा ओली चुकि’सकेका हुँदा त्यसप्रति क्ष’मा या’चनासहित स’मस्या समा’धानका लागि पहल गर्नुपर्ने उनले बताए ।अन्नपूर्ण पोस्ट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?