मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरी पार्टीको साधारण सदस्य पनि नरहने गरी सांसद पदबाट नि’लम्वित,ताली या गाली?

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संवि’धान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्वि’प उ’ल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताए । ‘उहाँले पार्टीको निर्णय वि’परीत संसदमा विधे’यक प्रस्तुत गर्नुभएको थियो ।

पार्टीले त्यो फि’र्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वी’प जारी गरेको थियो,’ समाजवादी पार्टीका एक नेताले भने,‘उहाँले पार्टीको ह्वीप मा’न्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।’‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, स्रोतले भन्यो,‘ तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन ।

पार्टी नेताहरु उपेन्द्र या’दव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण स’दस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले द’ल त्या’ग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको को’टाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?