मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को’रोना परीक्षण गर्नेमा नेपाल जापान भन्दा अगाडि छ : स्वास्थ्यमन्त्री ढकाल,,हेर्नुहोस!

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको ज”वाफ दिँदै उहाँले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताउनुभयो ।

उहाँले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताउनुभयो ।

उहाँका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई ह”जार ७२४ जनामा परीक्षण गरिएको छ ।

ख्मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभयो ।

नेपालमा हाल २२ प्रयो”गशालाबाट पिसिआर परीक्षण भइरहेको छ । अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ ।

आज मात्र छ हजार ३७ जनामा परी”क्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री ढकालले कोभिड–१९ का स”ङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताउनुभयो ।

उहाँले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताउनुभयो ।

उहाँले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अ”ख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताउनुभयो ।

मन्त्री ढकालले हि”मोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताउनुभयो । उहाँले लम्की चुहा नगरपालिका­१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताउनुभयो ।

उहाँले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रो”ग अस्पताल बनाउने योजना रहेको उहाँको भनाइ थियो । रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?