मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मेलम्चीको पानी प’रीक्षणको काम असारमै सम्पन्न हुने :मन्त्री बिना मगर ,,हेर्नुहोस!

काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको का”म असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सां’सदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताएकी हुन् ।

उनले पानीको वितरणका लागि आ’वश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (के’युकेएल)ले नै गर्ने उनको भनाइ थियो । उनले भनिन्– ‘पानी घरघरमा पुग्ने कुरामा श’ङ्का गर्नुपर्ने अवस्था छै”न ।’

सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उनको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उनको भनाइ थियो ।

आयोजना निर्माण भइरहँदा कहिले भू’कम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र नि’र्माण मजदूरको आन्दोलन लगायतका स’मस्या आएको मन्त्री मगरले बताइन् । अहिले विश्वव्यापी रुपमा फैलिएको को’भिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । उनले भनिन– ‘सबै चु”नौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।’

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताइन् । अहिले आवश्यकतानुसार छि’टोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्राल’य अघि बढ्ने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अ’धिवेशनबाट पारित हुने उनले विश्वास व्यक्त गरिन् । उनले सरकारले तय गरेको १५ औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पुर्याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पु¥याउने गरी बजेट वि’नियोजन गरी सोही अनुसार कार्यक्रम का’र्यान्वयन हुने बताइन् ।

मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताइन् । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ ।

प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ ह’जार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने नि’र्णय गरेको उनले बताइन् । त्यसभन्दा कम जनसङ्ख्या ल’क्षित कार्यक्रम प्रदेश र स्थानीय त’हबाट कार्यान्वयन हुनेछ ।

विगतका अधुरा आयोजनामध्ये क्रमागत आयोजनालाई निरन्तरता दिइएको उनको भनाइ थियो । खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथ’मिकता दि’एर क्षेत्रीय सन्तुलन मिलाइएको छ । मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अ’नुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ ।

मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तहको प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाका लागि बजेट विनियोजन गरेको छ । ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन् । मध्यम तथा ठू’ला शहरमा चौबिस घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना सम्भाव्यता अध्ययन भएको छ । यी आ’योजनामध्ये आगामी आवमा पाँच आयोजनाको वि’स्तृत अध्ययन गरिने उनले बताइन् ।

एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्न शहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताइन् । तराई मधेशमा जनसङ्ख्या अनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन ग’रिने मन्त्री मगरले जानकारी दिइन् ।

त्यस क्षेत्रमा आर्सेनिक समस्या समाधान गर्न हाल प्रदेशबाट कार्यान्वयन भइरहेका आयोजना स’म्पन्न गर्न बजेट विनियोजन भएको छ । मन्त्रालयले खा’नेपानी सेवा नपुगेका बस्ती तथ्याङ्क सङ्कलन गरी खानेपानी सरसफाइ स्वच्छता अ’भियान वास योजना त’यार गर्ने उनले बताइन् । यो खबर रातोपाटीमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?