मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“MCC सम्झौता मैले गरेको हुँ”, यो देशको हितमा छ’: पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की ,,हेर्नुहोस!

1 min read

काठमाडौं। काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा रहेको बताएका छन्। यो सम्झौता संस”दबाट पारित हुनुपर्ने जिकिर समेत गरे

प्रतिनिधि सभामा बिहीबार बोल्दै कार्कीले यो सम्झौता आफू अर्थमन्त्री बन्दा गरेको बताउँदै धेरै व्यक्तिको यसमा योगदान रहेको बताए। उनले भने-‘एमसीसी नेपालको लागी गे”म चेन्जर प्रोजेक्ट हो, यो परियोजना विश्वका ५० भन्दा बढी देशहरुले सहभागिता जनाइसकेका छन्। त्यसैले यसको प्रयोग नेपालले पनि गर्नुपर्छ।‘

एमसीसीको विषयमा सत्तारुढ दलकै नेताले भ्रम फैलाएको उनले आरोप लगाए। उनले भने-‘यो स”म्झौताबाट अमेरिकी सेना नेपालमा आउने कुरा निराधार हो। यो सम्झौता नेपालको संविधानभन्दा माथि छैन।’ कार्कीले आयोजनाको ठेक्का प्रक्रिया ग्लोबल टेन्डरबाट हुने बताउँदै ती आयोजनाबाट नेपाली समाजको उ”न्नति हुने बताए।

आज भएको ब”हसमा उनले खुलेर नै MCC नेपालमा आवश्यकता रहेको दा”बी गरेकोे छन् ! आज मात्र हैन कार्कीले स्वयम MCC सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
स्रोत: पाथीभरा न्यूज

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?