मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ओलि सरकारले कालापानी क्षेत्रमा नेपाल सेनाको ब्यारेक राख्ने तयारी गर्दै छ,ताली या गा’ली?

1 min read

सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्‍ने तयारी गरेको छ। भारतीय अति’क्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्‍ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।

सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्याँस गाउँपालिकाभित्र नेपाली सेनाको ब्यारेक राख्‍ने गरी प्रक्रिया अघि बढाएको हो। सेनाको ब्यारेक राख्‍न सम्भावित ती’न स्थानको पनि बुध’बार दार्चुला पुगेका प्रधानसेनापति पू’र्णचन्द्र थापाले अव’लोकन गर्ने भएका छन्।

नेपाल-भारत-चीन त्रिदेशीय सीमाक्षेत्रमा पर्ने अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर नेपाली सेनाको ब्यारेक राख्‍न तीनवटा स्थान यसअघि नै हेरिसकिएको थियो। बुधबार दार्चुला पुगेका प्रधानसेनापति थापाले ती स्थानको अवलोकन गर्ने सैनिक स्रोतले जानकारी दिएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed