मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रंगशाला अब सरकारले बनाउनु पर्‍यो भनेर रेनुले आफ्नै बुबा प्रचण्डलाई भनेपछी,,,,,

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परेको बताएकी छन्।चितवन उद्योग संघको साधारणसभामा सहभागी भएका नेकपा माओवादी के¥न्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन्।

‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रंगशाला निर्माणको जि¥म्मा सरकारले लिनुपर्ने भयो।’

सरकारमा रहेको गठ¥बन्धनका नेता प्रचण्डसँग उनले बहुवर्षीय योजनाअन्तर्गत रंगशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन्।क्रिकेट रंगशाला निर्माणकाक्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस(सुन्तली फाउण्डेशन अन्योलमा छ।

फाउण्डेशनका अ¥ध्यक्ष सी¥ताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसकेपछि रंगशाला निर्माणको काम रोकेर काठमाडौं पुगेका छन्।केही दिनअघि उनले ख¥र्च अभावका कारण रंगशाला निर्माणको काम अघि बढाउन नसकेपछि अर्थ र खेलकुद मन्त्रालयसँग आर्थिक सहयोगको आग्रह गरिएको बताएका थिए।गत साउन १५ देखि रंगशाला निर्माणको काम बन्द छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?