मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अभिनेता नाजिर हुसेन भन्छन्, ‘जात र धर्मले सफलतालाई छेक्दैन’

जनकपुरधाम । भोर नामक गैर सरकारी संस्थाले नेपालभरिमा एसईई उर्त्तिण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।शैक्षिक वर्ष २०७७ सालमा नेपालभरिमा एसईई उर्त्तिण गरे¥को मुसहर समुदायका २१५ र डोम समुदायका ४ गरि २१९ जना अति द¥लित विद्यार्थीलाई भोरले शनिबार सम्मान गरेको छ।

साथै एसईई उर्त्तिणपश्चात उच्च शिक्षा हासिर गर्न चाहने ती सामुदायका विद्यार्थीलाई भोरले स्थापना गरेको भोर छात्रवृति कोषबाट अध्ययनका लागि छात्रवृतिसमेत दिने जनाएको छ ।

कार्यक्रममा नायक ना¥जिर हुसेनले विद्यार्थीको हौसला बढाए । कुनै पनि चिज हासिल गर्न जात, धर्म समस्या नरहेको भन्दै अभिनेता हुसेनले भने, ‘तपाईहरु कहिले आ¥फू दलित समुदायबाट हो, म यो गर्न सक्दैनौ भनेर नसोच्नुस् । बरु त्यसलाई प्राप्त गर्न दृढ इच्छाशक्तिका साथ लाग्नुस् ।’

नेपालको चलिचित्र क्षेत्र¥मा आफूले पनि कडा संघर्षपश्चात स्थान पाएको बताउँदै अभिनेता हुसेनले भने, ‘मेहनत गर्नुस्, त्यो परिश्रमको फल भा¥गवानरअल्लाह आफैंले एक दिन अवश्यक दिनेछन् ।’सौर्य दैनिकमा खबर छ । भोर संस्थाका अध्यक्ष राजकुमार महतोले भोरले स्थापनाकालदेखि मुसहर र डोम समुदायलाई केन्द्रमा राखी कार्यक्रम गर्दै आएको बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?