मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपालमै भेटिए बलिउड हिरो अजय देवगणको हुबहु डुप्लिकेट(भिडियोसहित)

कन्चनपुर। क¥न्चनपुरका करण केसी बलिउड हिरो अजय देवगण जस्तै देखिन्छन् । टिकटकमा उनी देवगणकै फिल्मका डाईलग र गीतहरुमा टिकटक बनाउने गर्दछन् । उनलाई सबैले अजय जस्तै भनेर कमेन्ट दिन्छन् । उन¥को अनुहार, दाँत, हाउभाउ अजय देवगणसँग मिल्छ । करणले हालसम्म रिलिज भएका अजय देवगणका सबै फिल्महरु हेरेका छन् ।

जिमका पारखी करण हरेक फिल्मबाट अजयको नक्कलहरु सिक्छन् । उनलाई अजयको जस्तै आवाज निकाल्न भने आउँदैन । उक्त कुराको पनि उ¥नी अभ्यास गर्दैछन् । कलाकारितामा पनि रुचि भएका करणका भिडियोहरु टिकटकमा धेरैले हरेका छन् । उनका केहि भिडियोहरु पाकि¥स्तानसम्म भाईरल पनि भएका छन्।

अजयलाई आफ्नो गुरु मान्ने करण एकपटक अजय देवगणलाई भेटे उनलाई ढोग्ने बताउँछन् । उनी जस्तै देखिन करणले बिभिन्न चश्माहरु किनेका छन्, जुन अजयले बिभिन्न चलचित्रहरुमा लाएका छन् । आर्मीको कपडा पनि उनले किने ।

अजयले जस्तै गरी चु¥रोट खान सिक्दै करणले धुम्रपान नगर्ने व्यक्ति भएपनि टि¥कटक भने बनाएका छन् । अब उनी एक म्युजिक भि¥डियोमा छिट्टै देखिदैछन् । उनीसँग शिशिर भण्डारीको कुराकानी हेर्नुस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?