मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कलाकार सुलेमान शंकरले ‘इकुपिताङ’ मार्फत आफ्नो इकुको रुप पुनः दर्शक माझ ल्याए (भिडियोसहित)

काठमाडौं ।एकताका मेरी बास्सै सिरियलबाट जंगली मान्छे अर्थात इकुको पहिचान ब¥नाएका सुलेमान शंकर फेरी सोही पात्रलाई लिएर दर्शक माझ आउने भएका छन् । कला¥कार सुलेमानले सिरियल ‘इकुपिताङ’ मार्फत आफ्नो इकुको रुप पुनः दर्शक माझ ल्याएका हुन्।

‘इकुपिताङ’ आजदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले जानकारी दिए ।यो सिरियल सुलेमानको अफिसियल च्यानल ‘इ¥कु इकु’ बाट प्रसारण सुरु भएको हो । एक समय दर्शकको मनमा बस्न सफल भएका इकु लाई दर्शकले माया गर्नेमा सुलेमान बिश्वस्त रहेका छन् ।

अहिले सामाजिक सञ्जाल मध्ये युटुब सबैले हेर्ने भएको हुँदा यस सिरियललाई पनि युटुब मार्फत नै ल्याइएको उनले जानकारी दिए ।अब इकुपिताङ सिरियलको नयाँ एपिसोडहरु प्रत्येक शनिबार ईकुईकु च्यानलमा हेर्न सकिने सुलेमानले बताए ।

सुलेमान बाहेक सि¥रियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, मा¥या थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन म¥गर लगायत रहेका छन् ।

भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?