मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

देशभित्रै तत्काल रोजगारीको अवसर सि’र्जना गर्छौ : श्रममन्त्री श्रेष्ठ

1 min read

दमौली। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दशैंका अवसरमा आयोजना गरेको

शुभकामना आ¥दानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताए ।

कोभिड–१९ म’हा¥मारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ ला¥खले रोजगारी गुमाएका छन्, त्यसमध्ये पनि ५३ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्नेछन् ।” उनले रोजगारउन्मुख सीपमूलक एवं व्यावसायिक तालिम, नीति, ट्रेड युनियनसम्बन्धी एकी¥कृत कानून र नियमन, बालश्रम निवारणसम्बन्धी नीति तथा कानून निर्माणका लागि ठोस योजना बनाइने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले उद्योगमैत्री नीति निर्माणका लागि सरकार प्रतिबद्ध रहेको जनाए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना महामारीका कारण उद्योग क्षेत्र धरासायी भएकाले सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।-रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?